Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईं पक्राउको २ दिनमै रिहा, साइबर ब्यूरोले छाड्यो

दुर्गा प्रसाईं पक्राउको २ दिनमै रिहा, साइबर ब्यूरोले छाड्यो

आइतवार , माघ २५, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार उनलाई हाजिरी जमानीमा छाडिएको हो ।

सरकारी वकिलको निर्देशनपछि प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।

प्रहरीले प्रसाईंलाई शुक्रबार दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो । उनी काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला पक्राउ परेका थिए ।

प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनि मात्रै निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आएका छन् । उनले माघ १९ गते चितवन पुगेर राजसंस्था स्थापनाम नभएसम्म निर्वाचन नहुने दाबी गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077