Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने गगन थापाको प्रतिबद्धता

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने गगन थापाको प्रतिबद्धता

आइतवार , माघ २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएका छन् ।

आइतबार सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने दीर्घकालीन र प्रभावकारी उपाय स्वास्थ्य बीमा नै भएको उल्लेख गर्दै कांग्रेसले सरकारको नेतृत्व गर्दा यसलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।

सभापति थापाले भने, ‘नेपाली कांग्रेस पार्टीका तर्फबाट यो प्रतिबद्धता हो, हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ।’

स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्दा आफू स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै थापाले उपचारका क्रममा धेरै परिवारको सम्पत्ति सकिने, घरखेत बेच्नुपर्ने तथा गरिबीमा फर्किनुपर्ने पीडा आफूले प्रत्यक्ष रूपमा देखेको बताए।

उनले भने, ‘त्यो बेला यतिधेरै मान्छेहरू मैले भेटेँ, जसले उपचार गर्दागर्दै आफ्नो धनसम्पत्ति सकिएको। बल्लबल्ल मिहिनेत गरेर गरिबीबाट बाहिर निस्किएको छ, परिवारको कुनै सदस्यलाई रोग लाग्यो, घरखेत जाने स्थिति बनेको।’

थापाले विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को अवधारणा बुझ्दै राज्यको भूमिका नागरिकले उपचारमा खल्तीबाट गर्ने खर्चका आधारमा मापन हुने उल्लेख गरे। उनका अनुसार डब्लुएचओको मापदण्डअनुसार सामान्यतया नागरिकको स्वास्थ्य खर्चमा राज्यको योगदान २० प्रतिशत हुनुपर्ने भए पनि नेपालको सन्दर्भमा ५७ प्रतिशतसम्म नागरिकले आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने अवस्था रहेको छ।

उनले भने, ‘एउटा नागरिकले आफ्नो खल्तीबाट कति खर्च गर्छ, त्यसको आधारमा राज्यले आफ्नो भूमिका निर्वाह गरेको छ कि छैन भन्ने देखिन्छ। सामान्यतया २० प्रतिशत राज्यले खर्च गरेको हुनुपर्छ, हाम्रो सन्दर्भमा ५७ प्रतिशत देखाउँछ।’

जनस्वास्थ्यमा रहेको यही गम्भीर समस्या समाधान गर्न आफूले स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरेको बताउँदै उनले आवश्यक कानुन पनि आफ्नै कार्यकालमा बनाइएको दाबी गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077