Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरेन्द्रनगरमा ‘खतरनाक खोपडी’ समूहको मोटरसाइकल आतंक, २५ जना पक्राउ

वीरेन्द्रनगरमा ‘खतरनाक खोपडी’ समूहको मोटरसाइकल आतंक, २५ जना पक्राउ

शनिवार , माघ २४, २०८२

सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल र्‍याली निकाल्दै हो-हल्ला तथा आतंक मच्चाएको आरोपमा प्रहरीले  ‘खतरनाक खोपडी’ नामक समूहका सदस्यहरूलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सार्वजनिक शान्ति सुव्यवस्था तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याउने गतिविधि गरेको आरोपमा ‘खतरनाक खोपडी’ (द डेन्जरस स्कल) नामक समूहका २५ जना सदस्यहरूलाई पक्राउ गरिएको हो ।

उनीहरू हातमा कालो तथा सेतो झण्डा बोकेर मोटरसाइकल र्‍याली निकाल्दै वीरेन्द्रनगर बजार क्षेत्रमा हो(हल्ला गर्दै हिँडिरहेको प्रहरीले जनाएको छ । 

शनिबार दिउँसो करिब २ बजेतिर वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबीटबाट तीनकुने चोकतर्फ जाँदै गरेको अवस्थामा उक्त समूहलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको संयुक्त टोलीले उनीहरूले प्रयोग गरेका ८ वटा मोटरसाइकल र ४ वटा स्कुटर समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका युवाहरूलाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ । उनीहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसुर तथा सुरक्षा संवेदनशीलतासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077