Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब सिंहदरबार जल्ने छैन, यो ‘ग्यारेन्टी’ कांग्रेसले मात्र गर्न सक्छ : गगन थापा

अब सिंहदरबार जल्ने छैन, यो ‘ग्यारेन्टी’ कांग्रेसले मात्र गर्न सक्छ : गगन थापा

शनिवार , माघ २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि देशमा पुनः हिंसात्मक अवस्था नआउने र सिंहदरबार नजल्ने सुनिश्चितता नेपाली कांग्रेसले मात्रै दिन सक्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएका घटनाको स्मरण गर्दै निर्वाचनपछि सरकारले नागरिकमाथि गोली नचलाउने र कुनै पक्षले सिंहदरबार जलाउने जस्ता गतिविधि नदोहो¥याउने ‘ग्यारेन्टी’ कांग्रेसले लिन सक्ने बताएका हुन्।

थापाले देशभित्र बढ्दो अविश्वास र निराशालाई भरोसामा रूपान्तरण गर्ने जिम्मेवारी कांग्रेसले उठाउने उल्लेख गरे। उनले कांग्रेस देश सम्हाल्ने नेतृत्व गर्न तयार रहेको र त्यसका लागि सबै वर्ग, क्षेत्र र समुदायसँग संवाद गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, 'फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्न सक्छ भने त्यो कांग्रेसले मात्रै गर्न सक्छ। यो हामीले जिम्मा लिने हो। हामी गर्छौं त्यो। देश सम्हाल्ने काम हाम्रो हो।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077