Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैठकमा ढलेर बेहोस भएका सशस्त्रका एसपी घिमिरेको निधन

बैठकमा ढलेर बेहोस भएका सशस्त्रका एसपी घिमिरेको निधन

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकको क्रममा सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ।

मोरङको बिराटचोकमा शुक्रबार भएको डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहँदा घिमिरे अचानक बेहोस भएर ढलेका थिए ।

उपचारका लागि उनलाई विराट मेडिकल कलेज पुर्‍याइएको थियो । राति ८ बजेर ५२ मिनेटमा चिकित्सकहरूले उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले मृत्युको पुष्टि गरे । प्रहरीका अनुसार घिमिरेलाई उच्च रक्तचापको समस्या समेत रहेको थियो ।

बैठकका क्रममा ढलेका उनको जिब्रो काटिएको थियो र स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । आफन्त र परिवारका सदस्यलाई खबर भइसकेको अस्पतालले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077