Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु, ४० जनाको उद्धार

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु, ४० जनाको उद्धार

बिहिवार , माघ २२, २०८२

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका–७ भौनीबाट बझाङको सुनकुडातर्फ जाँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो ।

सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस बेहुली लिएर फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार दुर्घटनामा परी हालसम्म ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट करिब ४० जनाको उद्धार गरिएको छ । उद्धार कार्य जारी रहेको र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण र मृतक–घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077