Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङको बैरेनी दुर्घटना : ३४ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइयो

धादिङको बैरेनी दुर्घटना : ३४ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइयो

मंगलवार , बैशाख २९, २०८३

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–६ बैरेनीमा गएराति भएको श्रृंखलाबद्ध सवारी दुर्घटनामा ३७ जना घाइते भएका छन् ।

तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहाल का अनुसार सोमबार राति करिब साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको यात्रुबाहक बसले पछाडिबाट ठक्कर दिएको थियो ।

पहिलो ठक्करको केही क्षणमै वीरगञ्जतर्फ जाँदै गरेको अर्को बसले पनि सोही बसलाई पछाडिबाट ठक्कर दिएपछि तीन सवारी साधन एकै स्थानमा ठोक्किएका थिए । 

दुर्घटनामा तीनवटै सवारी साधनमा रहेका ६८ यात्रुमध्ये ३७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाले बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा सामान्य उपचारपछि डिस्चार्ज पाएका छन् भने बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये १९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर र ९ जनालाई त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । स्थानीय अस्पतालमा प्राथमिक उपचार गराइएका थप ६ जनालाई पनि अवस्था मूल्यांकनपछि काठमाडौं रिफर गरिएको छ ।

दुर्घटनापछि प्रहरीले तीनवटै सवारीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077