Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङमा दुई बस ठोक्किँदा, १२ जना घाइते

धादिङमा दुई बस ठोक्किँदा, १२ जना घाइते

मंगलवार , बैशाख २९, २०८३

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा गएराति दुई यात्रुबाहक बस आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट पोखरा र वीरगञ्जतर्फ गइरहेका दुई बस बैरेनीस्थित मूल सडकखण्डमा एकआपसमा जुधेका हुन् ।

रातिको समयमा भएको दुर्घटनापछि सडक क्षेत्रमा केही समय अफरातफरीको अवस्था सिर्जना भएको थियो ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो । घाइतेहरूलाई राति नै उपचारका लागि नजिकका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको भन्दै दुवै सवारीसाधन नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077