Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जन्ती बोकेको बस दुर्घटना

जन्ती बोकेको बस दुर्घटना

बिहिवार , माघ २२, २०८२

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका(७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट बस दुर्घटनामा परेको हो । 

पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

जन्ती  बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बुझिएको छ। बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

दुर्घटनामा हताहती यकिन हुन सकेको छैन। पूर्ण विवरण आउन बाँकी रहेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077