Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तेल ट्याङ्करको ठक्करबाट प्रहरीका असईको मृत्यु

तेल ट्याङ्करको ठक्करबाट प्रहरीका असईको मृत्यु

बिहिवार , माघ २२, २०८२

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना प्रहरी असईको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमका अनुसार बिहीबार साँझ करिब ६ः२० बजे इटहरीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले सोही दिशातर्फ गइरहेका प्र २–०३–००१ प ८७२० र प्र २–०१–००३ प ९९९३ नम्बरका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकल चालक तथा इलाका प्रहरी कार्यालय चित्लाङ मकवानपुर दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत प्रहरी असई देवानन्द फनैत गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि मोडल अस्पताल लालगढ लगिएकोमा चिकित्सकले जाँचका क्रममा साँझ करिब ७ः०० बजे मृत घोषणा गरेका छन् ।

प्रहरीका अनुसार असई फनैत कार्यालयको कामका सिलसिलामा इलाका प्रहरी कार्यालय भरतपुर धनुषा गई फर्किंदै गरेको अवस्थामा दुर्घटनामा परेका थिए ।

त्यस्तै, प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–९ निवासी करिब ४५ वर्षीय रामकिशोर महतो पनि गम्भीर घाइते भएका छन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077