Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनाव रोक्न भित्रभित्रै षड्यन्त्र भइरहेको रवि लामिछानेको दाबी

चुनाव रोक्न भित्रभित्रै षड्यन्त्र भइरहेको रवि लामिछानेको दाबी

बिहिवार , माघ २२, २०८२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन रोक्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

बिहीबार चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्र चितवन–२ पुगेका लामिछानेले निर्वाचनको विकल्प नभएको भन्दै पुराना दलहरूलाई चुनाव भाँड्ने षड्यन्त्र नगर्न आग्रह गरेका हुन् ।

भरतपुर–११ स्थित शान्ति टोलमा भाडामा लिएको नयाँ निवासमा गृहप्रवेश गरेपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै लामिछानेले भने, 'निर्वाचन छल्ने र भाँजो हाल्ने काम कसैले नगर्नुस् । अहिले पनि कसरी निर्वाचन रोक्ने भनेर भित्रभित्रै जुँगा मुसार्ने काम भइरहेको छ, हामी ती सारा इशारा बुझिरहेका छौँ। अब जनतालाई निर्णय गर्न दिनुपर्छ।'

उनले आफूलाई घेराबन्दीमा पारेर लोकतन्त्रको विधिभन्दा बाहिरबाट हटाउन खोजिएको आरोप पनि लगाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077