Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बूढानीलकण्ठबाट स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित एकजना पक्राउ

बूढानीलकण्ठबाट स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित एकजना पक्राउ

बिहिवार , माघ २२, २०८२

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक व्यक्तिलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भद्रकालीका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बिहीबार (माघ २२) राति बूढानीलकण्ठ नगरपालिका–१ तौलुङबाट उदयपुर घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएका ४५ वर्षीय प्रबिन किसनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार किसनलाई राति करिब साढे ४:३० बजे तौलुङ क्षेत्रमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि नियन्त्रणमा लिएको हो।

एसपी भट्टराईका अनुसार चेकजाँच गर्दा किसनको साथबाट स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँ फेला परेको थियो।

फेला परेको रकमसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077