काठमाडौं । कोरियन भाषा परीक्षाअन्तर्गत कृषि तथा पशुपालन क्षेत्र तर्फको परीक्षा तालिका सार्वजनिक भएको छ।
ईपीएस कोरिया शाखाले बिहीबार तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार परीक्षा आगामी फागुन ३ गतेदेखि सञ्चालन भइ २०८२ चैत १८ सकिने छन् ।
इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोका अनुसार परीक्षा ललितपुरको भैंसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भवनमा सञ्चालन हुने छन् ।
जम्मा १८ सयको कोटा रहेको उक्त परीक्षामा ३५ हजार दुई सय अठार परीक्षार्थी सहभागि हुने छन् ।
हाल उत्पादनमूलक क्षेत्रको परीक्षा सञ्चालन भइरहेको छ। उत्पादनमूलक क्षेत्रको परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ।
उत्पादनमूलक क्षेत्रको परीक्षा सकिएको केही दिनमा नै कृषितर्फको परीक्षा लिने तयारी गरिएको हो।