काठमाडौं । ईपीएस परीक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा पनि कोरिया जान नपाएका व्यक्तिहरुले कोरिया जान पाउनु पर्ने माग गर्दै ईपीएस कोरिया शाखामा धर्ना बस्न थालेका छन् ।
भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समेत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका हुन्।
सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तिर्ण भएका थिए।
कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरुलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ।
सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो। हाल कोरियामा एक लाख हारहारीमा नेपालीहरू कार्यरत रहेका छन्।
