Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरियन भाषा परीक्षा आजदेखि सुरु

कोरियन भाषा परीक्षा आजदेखि सुरु

सोमवार , मंसिर १, २०८२

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरूको भाषा परीक्षा आजबाट सुरु हुँदै छ ।

पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरूको परीक्षा हुँदै छ ।

उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् ।

सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् ।

तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरूको परीक्षा हुने छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।

उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा सुरु गरिएको हो । भाषा परीक्षा दुई महिनाभित्र सक्ने तयारी रहेको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ ।

दक्षिण कोरियाले ईपीएस मार्फत १७ देशहरूबाट श्रमिक लैजाने गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077