Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्यमन्त्री गौतमले भनिन्– यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन सकिदैन

स्वास्थ्यमन्त्री गौतमले भनिन्– यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन सकिदैन

बुधवार , माघ २१, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने स्पष्ट पारेकी छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको स्वास्थ्य बीमा सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई सहज रुपमा अघि बढाउनका लागि आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरोकारवाला मन्त्रालयहरुले साथ नदिएको गुनासो गरेकी छिन् ।

उनले भनिन्- 'स्वास्थ्य बीमा कार्यक्रम यसरी चल्न सक्दैन । नेपालको संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य निःशुल्क दिने भनेर भनेको छ । र, त्यो अनुरुप ९८ किसिमका औषधिहरु ऐनले नै तोकेर यस्तायस्ता किसिमका सेवा निःशुल्क दिने भनेर त्यसको स्ट्यान्डर्ड बनाएर त्यो निशुल्क दिनुपर्छ । त्यसका लागि विमा गराउनु हुँदैन । तर त्यो विषय पनि हाम्रो बीमामा समेटिएको छ । जसले गर्दा दोहोरो घाटा छ । त्यो ऐनमा नै परेको विषय भएकाले ऐन संशोधन गर्नु पर्‍यो भनेर स्वास्थ्य मन्त्रालयले धेरै छलफल गरेर यसलाई अध्यादेशकै रुपमा भएपनि ल्याउ भनेर भन्दा हाम्रै मन्त्रालयबाट सुधारका कामहरु अडकाईंन्छन् । र आज यहाँहरु भन्नुहुन्छ–स्वास्थ्यले पोलिसी ल्याएन ।'

नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने उदेश्यले ९८ वटा औषधि निशुल्क वितरण गर्ने व्यवस्था गरेपनि विद्यमान बीमा स्वास्थ्य कार्यक्रमले त्यसमा पनि उल्झन गरेकाले आफूहरुले त्यसलाई हटाउने गरी कानूनी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दा पनि सरोकारवाला मन्त्रालयहरुले सहयोग नगरेको मन्त्री गौतमको भनाई थियो ।

साथै गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको आर्थिक संकट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077