Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नगर्नुहोलाः स्वास्थ्यमन्त्री शर्मा

निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नगर्नुहोलाः स्वास्थ्यमन्त्री शर्मा

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा जेनजी आन्दोलनमा घाइते भएर अस्पतालमा उपचारत बिरामीलाई भेट्न अस्पताल पुगेकी छन्।

प्रधानमन्त्री सुशीला कार्की सरकारमा आइतबार स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी डा. शर्मा सोमबार बिहानै त्रिवि शिक्षण अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।

शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भिर अवस्था देखिएपछि गहभरी आँशु झार्दै उनले अव निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरुको ध्यानाकर्षण गराईन् ।

उनले भनिन्- 'घाइतेहरूको अवस्था के कस्तो छ भनेर हेर्न आएको थिएँ,बिरामीहरूको अवस्था हेर्दाखेरी मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु । र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ । त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु । हाम्रो जनआन्दोलनको मर्म भने यी कुऋति, बेथितिहरू सबै हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरूलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । र मैले गरेका कामहरू कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु भनेर पनि भन्नेछु ।'

उनले घाइते विरामीहरुले आफूलाई अस्पतालको कुऋति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

यस्तै स्वास्थ्यमन्त्री शर्माले जेनजी आन्दोलनमा शहीद भएका परिवारका सदस्यहरूको स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेकी छन्।

गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनमा घाइते भएका मध्ये अझै ११ जना अस्पतालमा उपचाररत छन् ।

 

May be an image of one or more people, clarinet and saxophone

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077