Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् पुनर्स्थापनाको मुद्दाबाट सर्वोच्च अदालत भाग्न पाउँदैन: महेश बस्नेत

संसद् पुनर्स्थापनाको मुद्दाबाट सर्वोच्च अदालत भाग्न पाउँदैन: महेश बस्नेत

बुधवार , माघ २१, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले न्यायिक प्रक्रियामा देखिएको ढिलासुस्तीले राजनीतिक गतिविधिमा असर परेको बताएका छन् ।

काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँग संवादमा बोल्दै संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा दायर भएको रिट विचाराधीन रहेकाले ढुक्कसँग चुनावी प्रक्रियामा जान नसकिएको बताएका हुन् ।

उनले सर्वोच्च अदालतमा पटकपटक पेसी सर्ने क्रम जारी रहेको भन्दै असन्तुष्टि व्यक्त गरे

उनले भने- 'आज पनि पेसी चढ्छ भनेर हामीले आस गरेका थियौँ, फेरि सर्‍यो। प्रधानन्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ। तर सर्वोच्च अदालत योबाट भाग्न पाउँदैन'

संसद् पुनर्स्थापनाको माग गर्दै दायर भएको मुद्दाबाट सर्वोच्च भाग्न नपाउने बताए।

उनले थप भने- 'हामी निकै ठुलो वैदेशिक आक्रमणमा भएको पुष्टि हुन्छ। हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै नभई न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ।'

बस्नेतले न्यायालयको अवस्था गम्भीर बन्दै गएको टिप्पणी गर्दै सर्वोच्च, उच्च तथा जिल्ला अदालत मात्र नभई समग्र न्यायिक प्रणाली नै संकटमा परेको अनुभूति भइरहेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077