Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरीमा राजीनामा, रवाना र बिदा बन्द

निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरीमा राजीनामा, रवाना र बिदा बन्द

मंगलवार , माघ २०, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूबाट राजीनामा, रवाना र बिदा बन्द गरिएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएको हुँदा माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको हो ।

निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत, अन्यत्र कार्यालयमा जानका लागि रवाना नगर्ने तथा अति आवश्यक बाहेक बिदा स्वीकृत नगर्न र नगराउन सम्पूर्ण कार्यालयहरूलाई परिपत्र गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले पनि परिपत्र जारी गर्दै गत सातादेखि नेपाल प्रहरीमा अत्यावश्यक बाहेकका सबै बिदा बन्द गरिसकेको छ। 

यस्तै निर्वाचन सुरक्षामा खटिने विशेष प्रहरी भने २५ माघबाट मात्र परिचालन हुने बताइएको छ।

२१ फागुनका लागि तय भएको निर्वाचनलाई केन्द्रमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी विशेष रणनीति बनाएर सुरक्षा परिचालन गरिरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077