Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ससुराली घरमै श्रीमतीको हत्या गरेर युवकले गरे आत्महत्या

ससुराली घरमै श्रीमतीको हत्या गरेर युवकले गरे आत्महत्या

मंगलवार , माघ २०, २०८२

विराटनगर । मोरङमा घरेलु विवादले भयावह रूप लिँदा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । घटना मंगलबार बिहान रंगेली नगरपालिका–५ अन्तर्गत धनपट्टीस्थित ससुराली घरमा भएको हो ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमै पुगेपछि श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए। घटना बिहान करिब २स्४५ बजेतिर भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार घरेलु विवादका क्रममा मुकेशले अम्बिकाकुमारीमाथि कुटपिट गर्दै चक्कु प्रहार गरेका थिए, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो।

श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि सोही चक्कुले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनको पनि घटनास्थलमै मृत्यु भएको छ।

घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल स्वयं घटनास्थल पुगेका छन्। हाल दुवै जनाको शव घटनास्थलमै राखिएको छ भने प्रहरीले मुचुल्का उठाउनेलगायत कानुनी प्रक्रिया अघि बढाइरहेको छ ।

घटनाको वास्तविक कारण तथा पृष्ठभूमिबारे यकिन हुन बाँकी रहेको र विस्तृत अनुसन्धानपछि मात्रै थप तथ्य सार्वजनिक गरिने डीएसपी लामिछानेले जानकारी दिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077