Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइयो [सूचीसहित]

समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइयो [सूचीसहित]

सोमवार , माघ १९, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता, कानुनी अवस्था तथा राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाउने निर्णय गरिएको हो ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनाको नाम बन्दसूचीबाट हटाइएको छ। यस्तै, प्रदेश सभा निर्वाचनको बन्दसूचीतर्फ नाम कायम भइसकेका २५ जना उम्मेदवारको नाम पनि प्रतिनिधिसभाको समानुपातिक सूचीबाट हटाइएको आयोगले जनाएको छ।

यसैगरी, आयोगको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर नपुगेका ४ जना, मतदाता नामावलीमा समावेश नभएका १ जना, पिछडिएको क्षेत्रको कोटामा समावेश भए पनि सो क्षेत्रमा मतदाता नामावली नभएका २ जना तथा महिलाको कोटामा पुरुष उम्मेदवारका रूपमा पेश गरिएको १ जनाको नाम हटाइएको छ।

त्यसैगरी, राजनीतिक दलबाटै नाम हटाउन अनुरोध भएका १० जना र अन्य विविध कारण देखाउँदै २ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको आयोगले स्पष्ट पारेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077