Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमै घुसखोरी, भन्सार अधिकृत न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ

त्रिभुवन विमानस्थलमै घुसखोरी, भन्सार अधिकृत न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ

सोमवार , माघ १९, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गतका भन्सार संरचनामा कार्यरत तीन जना कर्मचारीघुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विमानस्थलको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारीलाई घुस रकम र अवैध सामानसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, गोश्वारा हुलाक कार्यालय पार्सल (निकासी) शाखाका नायव सुब्बा छविप्रसाद रिसाल तथा कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी रहेका छन्।

आयोगका अनुसार वैदेशिक हुलाकमार्फत कुरियर सेवाबाट विदेशमा सामग्री पठाउने क्रममा सेवाग्राहीसँग अनियमित रकम असुली भइरहेको भन्ने सूचनाका आधारमा निगरानी बढाइएको थियो। सोही क्रममा डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

अख्तियारले कार्यालय सहयोगी पुडासैनी प्रयोग गर्ने कार्यकक्षको दराजबाट घुसस्वरूप लिइएको १० हजार रुपैयाँसहित स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ बरामद गरेको जनाएको छ। साथै उनको साथबाट थप ९६ हजार ७० रुपैयाँ फेला परेको आयोगले जानकारी दिएको छ, जसअनुसार उनको जिम्माबाट जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ।

त्यसैगरी, नायव सुब्बा रिसालको साथबाट घुसबापत प्राप्त २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी कुल ३८ हजार ८४८ रुपैयाँ फेला परेको आयोगले जनाएको छ।

आयोगका अनुसार तीनै जनाबाट गरी स्रोत नखुलेको रकमसहित जम्मा २ लाख ६८ हजार २८८ रुपैयाँ बरामद भएको छ। साथै विभिन्न व्यक्तिहरूबाट संकलन गरिएको आशंका गरिएका २३ थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले नियन्त्रणमा रहेका तीनै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077