झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
झापा निर्वाचन क्षेत्र नं–१ मा आज आयोजित क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।
उनले देश बनाउने स्पष्ट दूरदृष्टि, लोकतान्त्रिक योगदान र नेतृत्व क्षमताका कारण नेपाली कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको स्पष्ट पारे। उनले कांग्रेसले प्रधानमन्त्रीको प्रस्तावसहित गगन थापाको नेतृत्वमा चुनावी अभियान सञ्चालन गरिरहेको बताए ।
उनले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, संस्कार र भिजन अतुलनीय छ। त्यसैले नेपाली कांग्रेसले उहाँलाई प्रधानमन्त्री बनाउने स्पष्ट प्रस्तावका साथ जनतामाझ गएको हो।’
उपसभापति शर्माले पार्टीको हालै सम्पन्न विशेष महाधिवेशनले भागबन्डा र गुटको राजनीतिलाई अन्त्य गरेको दाबी गरे ।