काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चलचित्र पत्रकार दिनेश सिटौलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गर्दै शाहले सिटौलालाई नेपाली चलचित्र क्षेत्रको अभिभावक र आफ्नो हितैषी मित्रको रूपमा स्मरण गरेका हुन्।
उनले लेखेका छन्, ‘अलबिदा दिनेश सिटौला। नेपाली फिल्मको अभिभावक अनि मेरो हितैषी मित्र। तपाईंको अभाव सधैँ खड्किनेछ।’
सिटौला अछाममा नेता शाहको चुनावी प्रचारप्रसार अभियानमा सहभागी भएका थिए । सोही क्रममा अचानक बेहोसका उनको ब्रेन ह्यामरेजका कारण आइतबार उनको निधन भएको हो ।