Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विभाजनकारी र गैरजिम्मेवार राजनीति खतरनाक छ : खुश्बु ओली

विभाजनकारी र गैरजिम्मेवार राजनीति खतरनाक छ : खुश्बु ओली

शनिवार , माघ १७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक उम्मेदवार खुश्बु ओलीले उक्साउने तथा गैरजिम्मेवार अभिव्यक्तिबाट समाजलाई विभाजन गर्ने राजनीति खतरनाक हुने चेतावनी दिएकी छन्।

आगामी निर्वाचनमा अराजकता नभई स्थायित्व रोज्नुपर्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेकी हुन् । ओलीले गल्ती स्वीकार्नुको सट्टा प्रविधिको नाममा जिम्मेवारीबाट पन्छिनु झन् गम्भीर अपराध भएको टिप्पणी गरिन्।

नेपाल मेलमिलाप, सहिष्णुता र सांस्कृतिक सम्मानका आधारमा बनेको राष्ट्र भएको उल्लेख गर्दै उनले विभाजनको राजनीतिभन्दा एकताको पक्षमा उभिन मतदातालाई आग्रह गरिन्।

‘उक्साउने र गैरजिम्मेवार अभिव्यक्तिबाट समाजलाई विभाजन गर्ने राजनीति खतरनाक छ। गल्ती स्वीकार्नुको सट्टा प्रविधिको नाममा जिम्मेवारीबाट भाग्नु झन् गम्भीर अपराध हो,’ ओलीले लेखेकी छन्, ‘नेपाल मेलमिलाप, सहिष्णुता र सांस्कृतिक सम्मानमा बनेको राष्ट्र हो। यो चुनावमा अराजकता होइन, स्थायित्व रोजौँ। विभाजन होइन, एकताको पक्षमा मतदान गरौँ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077