Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फागुन २१ सम्म मेरो भारी बोकिदिनुस्, ५ वर्ष तपाईंको म बोक्छु : गगन थापा

फागुन २१ सम्म मेरो भारी बोकिदिनुस्, ५ वर्ष तपाईंको म बोक्छु : गगन थापा

बिहिवार , माघ १५, २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष जनताको सेवा गर्ने अवसरका लागि निर्वाचनको दिनसम्म आफूलाई साथ दिन मतदातासँग भावुक अपिल गरेका छन् ।

बिहीबार सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले समृद्ध नेपाल र जनताका आधारभूत समस्या समाधानका लागि जनताको भरोसा र शक्ति आवश्यक रहेको बताए ।

‘मलाई काम गर्न तागत चाहिएको छ,’ थापाले भने, ‘फागुन २१ गतेसम्म तपाईंहरूले मेरो भारी बोकिदिनुस्, त्यसपछि आउने पाँच वर्ष तपाईंहरूको भारी म बोक्नेछु।’

स्वास्थ्य क्षेत्रलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै उनले स्वास्थ्यमन्त्री हुँदा सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याए। पैसाको अभावमा उपचार नपाएर कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्ने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077