Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा विद्यालय भवन निर्माण भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्दा

बझाङमा विद्यालय भवन निर्माण भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्दा

बुधवार , माघ १४, २०८२

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार विष्टसहित सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट र लेखापाल हर्कबहादुर विष्टको आपसी मिलेमतोमा २६ लाख ५४ हजार ६८३ रुपैयाँ बराबरको भ्रष्टाचार भएको छ।

उनीहरूले विद्यालय भवन निर्माणका क्रममा फर्जी बिल–भपाई पेश गरी लागतभन्दा बढी मूल्यांकन गराएर भुक्तानी लिनुदिनु गरेको अभियोग अख्तियारले लगाएको छ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुली, सोही रकम बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077