Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चाबहिल यातायातमा अख्तियारको छापा, प्रमुखसहित २७ जनाको मोबाइल जफत

चाबहिल यातायातमा अख्तियारको छापा, प्रमुखसहित २७ जनाको मोबाइल जफत

मंगलवार , माघ १३, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि घुस लिएको आरोपमा अख्तियारको टोलीले मंगलबार २७ जनासँग सम्बन्धित मोबाइल नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरीका मोबाइल पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरू यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको परीक्षामा खटिएका थिए।

यस्तै, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका प्रबन्धक बालकृष्ण सिंहसहित ७ जनाका ९ वटा मोबाइल पनि अख्तियारले नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार उनीहरूले लिखित परीक्षामा फेल भएका व्यक्तिलाई तीन महिना नपुग्दै पुनः लिखित परीक्षामा सहभागी गराएको आरोप छ। त्यसरी परीक्षामा सहभागी भएका विद्यार्थीका उत्तरपुस्तिका लगायतका कागजात पनि अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ।

घुस लेनदेन, अनियमित परीक्षा व्यवस्थापन र मिलेमतोको आशंकामा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077