Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरी प्राविधिकतर्फ एसएसपी, एसपी र डीएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरी प्राविधिकतर्फ एसएसपी, एसपी र डीएसपीमा बढुवा सिफारिस

आइतवार , माघ ११, २०८२

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूह, नर्सिङ र विधि विज्ञानतर्फ विभिन्न पदमा बढुवा सिफारिस भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको आइतबार बसेको बैठकले एसएसपी, एसपी र डीएसपी पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

समितिको निर्णयअनुसार एसपी भिमकुमारी पाण्डेलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ।

त्यस्तै, डीएसपी मोहन सिंह धामी र ईशामाया केसीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ भने इन्सपेक्टर मिनु अवाले र अशोक केसीलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले बढुवाका लागि सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सार्वजनिक गरिएको जनाएको छ ।

सिफारिसमा परेका सबै अधिकृतहरू हाल विभिन्न कार्यालयमा कार्यरत रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077