दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
घोराही उपमहानगरपालिका–२ रामपुर निवासी प्रहरी जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर निस्केका जिसी त्यसपछि बेपत्ता भएका थिए । उनको स्कुटी बाटोमा भेटिएको थियो ।
स्रोतका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा राखेर उनका बुबाको उपचार भइरहेको थियो ।
उपचार भइरहँदा पनि बिदा नपाएपछि उनी तनावमा रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शवको पोस्टमार्टम भइसकेको छ । घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।