Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ड्युटीमा अचेत फेला परेका प्रहरी हवल्दारको मृत्यु

ड्युटीमा अचेत फेला परेका प्रहरी हवल्दारको मृत्यु

मंगलवार , कार्तिक ११, २०८२

पोखरा । पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

विशेष सुरक्षा योजनाअनुसार ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा-१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए।

ड्युटीमा अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

नवलपुर विनय त्रिवेणी गाउँपालिका- ६ शिवपुरगढी घर भएका उनी जिल्ला अदातल समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्की दरबन्दी भएर हाल सीआरभी भद्रकालीमा कार्यरत थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077