Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने, अन्तिम नामावली पनि आजै प्रकाशन

आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने, अन्तिम नामावली पनि आजै प्रकाशन

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारी दिएका उम्मेदवारले चाहेको खण्डमा आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

आज दिउँसो १ देखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । आजै अपराह्न ४ देखि साँझ ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उमेदवारी दर्ता भएको छ । माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कुल उमेदवारीमध्ये तीन हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य एक जना रहेका छन् ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य निर्वाचित संवैधानिक व्यवस्था छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077