Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनसरी–२ : लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी सुरक्षित

सुनसरी–२ : लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी सुरक्षित

बिहिवार , माघ ८, २०८२

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका लालविक्रम थापाविरुद्ध परेको उजुरी खारेज गरिएको छ।

प्रतिनिधिसभा सदस्यका लागि मंगलबार मनोनयन गरेका थापाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। तर, थापाविरुद्धको उजुरीमा प्रमाण नपुगेको भन्दै सहायक निर्वाचन अधिकृत अरुण मेहेताले खारेजीको निर्णय सुनाएका छन्।

उजुरी थापाविरुद्ध स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालय इनरुवामा बुधबार पेश गरेका थिए। बिहीबार सुनुवाइ गर्दै प्रमाण दाबी नपुगेको कारण थापाको उम्मेदवारी अनुमोदन गरिएको सहायक निर्वाचन अधिकृत मेहेताले जानकारी दिएका छन्।

यस निर्णयसँगै थापाको प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी कानुनी रूपमा सुरक्षित भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077