Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शुक्रबारदेखि पश्चिम नेपालमा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

शुक्रबारदेखि पश्चिम नेपालमा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

बिहिवार , माघ ८, २०८२

काठमाडौं । शुक्रबारदेखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ।

विभागको मौसम पूर्वानुमान शाखाले शुक्रवार रातिदेखि शनिवार बेलुकासम्म मुलुकको पश्चिम भूभागमा विशेष गरी सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो।

शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले मध्यम खालको वर्षासँगै उच्च हिमाली भूभागमा मध्यम हितपात हुने सम्भावना रहेको बताए।

पौडेलेले भने- 'शुक्रबार रातिदेखि शनिबार बिहानसम्म विशेष गरेर पश्चिमतिरबाट पानी पर्ने प्रणाली, हिमपार्ने वर्ष भित्रिँदैछ। पहिलो हिउँदे वर्षाको रुपमा शुक्रबाररातिदेखि बिहानमा विशेष गरेर सुदूरपश्चिम, त्यस्तै कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ । उच्च हिमाली भूभागहरुमा मध्यम हितपातको सम्भावना पनि देखिन्छ ।'

शाखाका अनुसार माघ १३ गते मंगलवार रातिदेखि बुधवारसम्म फेरि हल्का वर्षा र उच्च हिमाली भूभागमा मध्यमखालको हिमपात हुने पनि सम्भावना रहेको छ।

गत साता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुका हल्का वर्षा भएको र उच्च हिमाली भूभागहरुमा मध्यम खालको हिमपात नभएको थियो ।

हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिनसक्ने पौडेलको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077