काठमाडौं । बुधबार काठमाडौं उपत्यकासहित विभिन्न जिललमा अहिले हावाहुरीसहितको वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको हो।
महाशाखाका अनुसार अपरान्ह ४ बजेदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा हावाहुरीसहितको वर्षा भइरहेको छ ।
महाशाखाले आज बिहान ८ बजे विशेष बुलेटिनमा सार्वजनिक गर्दै अपराह्न चार बजेदेखि नै हावाहुरी सुरु हुने जनाएको थियो ।
महाशाखाले सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची हित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भनेको थियो ।
त्यस्तै, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको थियो ।
आज साँझ करिब ५ः४५ बजे सुरुभएको हावाहुरी बिहीबार बिहान करिब ७ः४५ बजे ‘समाप्त हुने’ सम्भावना रहेको विभागले जनाएको छ ।
साथै जल तथा मौसम विज्ञान विभागले वर्षा अझै राती बढ्ने अनुमान गरिएकाले सावधानी अपनाउन भनेको छ।