जनकपुरधाम । महोत्तरीमा हावाहुरीका कारण टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ
शनिबार साँझ आएको हावाहुरीका क्रममा जलेश्वर नगरपालिका–९, परकौलीस्थित सडक किनारको रुख ढलेर जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि खसेको हो।
उक्त दुर्घटनामा एक महिला र एक पुरुष गरी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यसैगरी तीन जना एक पुरुष चालक र दुई महिला घाइते भएका छन्।
महोत्तरी प्रहरी अनुसार टेम्पोमा चालकसहित पाँच जना सवार रहेका थिए ।
दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जनकपुर पठाइएको छ ।
मृतक र घाइतेहरूको पहिचान भने खुल्न सकेको छैन ।