Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलाश सिरोहियाको घरमा लुटपाट गर्ने ६ जना पक्राउ

कैलाश सिरोहियाको घरमा लुटपाट गर्ने ६ जना पक्राउ

बुधवार , माघ ७, २०८२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको मन्डिखाटारस्थित निवासमा लुटपाट गर्ने समूहका ६ जना चार महिनापछि पक्राउ परेका छन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिरोहियाको घरमा प्रवेश गरी तोडफोड र लुटपाट गर्नेहरूलाई काठमाडौं प्रहरी परिसरको टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा धादिङका गोपाल थापा, गोरखाका रोजिस घिमिरे, धनकुटाका प्रज्वल रागु, काठमाडौंका विवेक थापा र सुजन डंगाल तथा लमजुङका मविन गुरुङ रहेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई लुटपाट गरिएको सुनचाँदीका गहनासहित पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उक्त समूहले आन्दोलनको अराजक अवस्थाको फाइदा उठाउँदै घरभित्र प्रवेश गरी बहुमूल्य गहना लुटपाट गर्नुका साथै भौतिक संरचनामा समेत तोडफोड गरेका थिए ।

पक्राउ परेकामाथि डाँका तथा चोरीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077