Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुम्लामा १० जनाको उम्मेदवारी, कुन दलबाट को ?

जुम्लामा १० जनाको उम्मेदवारी, कुन दलबाट को ?

मंगलवार , माघ ६, २०८२

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्र र नौवटा दलका प्रतिनिधिले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए।

निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको मनोनयनसँगै जिल्लामा चुनावी चहलपहल ह्वात्तै बढेको छ।

उम्मेदवारी दर्ता गराउनेहरूमा नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नरेश भण्डारी रहेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाहीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिल विक्रम शाही र नेकपा (माओवादी) बाट बिर्खबहादुर शाही चुनावी मैदानमा उत्रिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भक्तबहादुर रावलले भने स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077