Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने

गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नयाँ सभापति गगन थापा सर्लाही–४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले थापालाई सर्लाही–४ मा उम्मेदवार बनाउने निर्णय गरेको हो।

यस निर्णयसँगै थापा पहिलोपटक मधेस क्षेत्रबाट चुनावी मैदानमा उतर्ने भएका हुन्।

थापा अघिल्ला निर्वाचनमा काठमाडौँ–४ बाट २०७०, २०७४ र २०७९ मा निर्वाचित भएका थिए।

हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापा पूर्वस्वास्थ्य मन्त्रीसमेत हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077