काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ को उम्मेदवार बनाएको छ ।
हालै सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।
कांग्रेसले उनलाई पुनः टिकट दिँदै निरन्तरता दिएको हो । पौडेल अघिल्लो सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत बनेका थिए ।
मन्त्रीका रूपमा उनले स्वास्थ्य क्षेत्र सुधार, औषधि आपूर्ति र महामारी व्यवस्थापनमा भूमिका खेलेको उल्लेख गरिँदै आएको छ ।