Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगनले शशांकलाई पनि गरे अस्वीकृत, नवलपुर-१ मा गजेन्द्रलाई टिकट

गगनले शशांकलाई पनि गरे अस्वीकृत, नवलपुर-१ मा गजेन्द्रलाई टिकट

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नवलपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । कांग्रेसले गजेन्द्रबहादुर आलेलाई उम्मेदवार बनाउँदै डा. शशांक कोइरालाको सट्टा टिकट दिएको हो ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कोइराला यहाँबाट विजयी भएका थिए । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेसको संसदीय बोर्डले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गैँडाकोट नगरपालिका–१२ निवासी आले नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए । यद्यपि, उनी उक्त निर्वाचनमा पराजित भएका थिए ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नवलपुर–१ बाट कांग्रेस नेता डा. शशांक कोइराला विजयी भएका थिए । तर विशेष महाधिवेशनपछि पार्टी नेतृत्व अर्को पुस्तामा हस्तान्तरण भएसँगै उम्मेदवार चयनमा समेत पुरानो संरचना भत्किएको देखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077