काठमाडौं । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।
सभापति गगनकुमार थापाले शाहलाई कैलाली–५ को उम्मेदवार बनाएका हुन् ।
शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी कांग्रेस कैलालीका पूर्वसभापति पनि हुन् ।
सो क्षेत्रमा उनीसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए । पूर्वमन्त्री समेत रहेकी राणाले भने टिकट पाइनन् ।