Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलामा धर्मानन्द जोशीलाई गगन थापाले बनाए उम्मेदवार

दार्चुलामा धर्मानन्द जोशीलाई गगन थापाले बनाए उम्मेदवार

सोमवार , माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दार्चुलाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धर्मानन्द जोशीलाई उम्मेदवार बनाएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा जोशीलाई टिकट दिइएको हो ।

यसअघि कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभा सदस्य निर्वाचन नलड्ने घोषणा गरेपछि आइतबार जिल्लाबाट चार जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको थियो ।

यद्यपि, जिल्लाको सिफारिसलाई बेवास्ता गर्दै सभापति थापाले जोशीलाई उम्मेदवार बनाउने केन्द्रीय निर्णय गरेका हुन् ।

जिल्ला कार्य समितिले भने मंसिर अन्तिम साता नेता बडुको एकल नाम सिफारिस गरेको थियो। तर बडुले अन्ततः निर्वाचन नलड्ने घोषणा गरेपछि दार्चुलामा कांग्रेसको उम्मेदवार चयन अन्योलमा परेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077