Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उम्मेदवारी मनोनयनमा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी

उम्मेदवारी मनोनयनमा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी

सोमवार , माघ ५, २०८२

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा र तडकभडक नगर्न कडा चेतावनी दिएका छन्।

सोमबार आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले उम्मेदवारी कायम गर्न जाँदा हुने यस्ता प्रदर्शन कानुनले पूर्ण रूपमा निषेध गरेको र आचारसंहिताले समेत रोक लगाएको बताए।

उनले यस्ता गतिविधिमा संलग्न नहुन राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई सचेत गराए।

‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक हुन्छन्। यो पूर्ण रूपमा कानुनले निषेध गरेको छ,’ भण्डारीले भने, ‘आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिन्छ।’

उनले निष्ठापूर्वक आचारसंहिता पालन गर्दै मनोनयनपत्र दाखिल गर्न सबै उम्मेदवारलाई आग्रह गरे। आचारसंहिता उल्लंघन सह्य नहुने स्पष्ट पार्दै आयोग कडाइका साथ अनुगमनमा रहने उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077