Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहानै आरतीमा सहभागी हुन जानकी मन्दिर पुगे बालेन

बिहानै आरतीमा सहभागी हुन जानकी मन्दिर पुगे बालेन

सोमवार , माघ ५, २०८२

धनुषा । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका छन्। नियमित बिहानी आरतीमा सहभागी हुन उनी बिहानै मन्दिर पुगेका हुन् ।

जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन् । उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए। दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका थिए।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जानकी मन्दिरमा बिहानै बालेन र अमरेशलाई एकसाथ देखेपछि स्थानीय बासिन्दा तथा दर्शनार्थीहरूबीच उत्सुकता र चर्चा चुलिएको थियो । बालेन रास्वपाको चुनावीसभालाई सम्बोधन गर्न जनकपुर पुगेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077