Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने, क–कसलाई लाग्छ ?

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने, क–कसलाई लाग्छ ?

आइतवार , माघ ४, २०८२

काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै आचारसंहिता लागु हुने जानकारी दिएका हुन् ।

आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

सो अवसरमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट निर्वाचन आचारसंहितासम्बन्धी विस्तृत जानकारी तथा विशेष प्रस्तुतीकरण गरिएको थियो ।

आयोगको आइतबार बसेको बैठकले आज रातिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पारे ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सरकार तथा मातहतका सबै निकायलाई आग्रह गरेको छ ।

आचारसंहिता लागू भएसँगै सरकारी स्रोत–साधनको दुरुपयोग, प्रचार–प्रसार, सरुवा–बढुवा तथा निर्णय प्रक्रियामा कडाइ गरिनेछ । आयोगले उल्लंघन गर्ने जो–कोहीमाथि कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077