Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजीनामापछि बालेन जनकपुरमा, स्वागतको भीडले विमानस्थलको सिसा फुट्यो

राजीनामापछि बालेन जनकपुरमा, स्वागतको भीडले विमानस्थलको सिसा फुट्यो

आइतवार , माघ ४, २०८२

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि उनी घण्टीघर पुग्दै जनकपुर उडेका हुन् ।

बालेन शाहको आगमनलाई लिएर जनकपुर विमानस्थलमा ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहलगायतका नेताहरूलाई स्वागत गर्न समर्थकहरूको उल्लेख्य भिड विमानस्थलको गेटमै जम्मा हुँदा अवस्था केही बेर अव्यवस्थित बनेको थियो ।

समर्थकहरूबीच एकाएक धकेलाधकेल भएपछि विमानस्थलको मुख्य प्रवेशद्वारमा जडान गरिएको सिसाको ढोका फुटेको जनाइएको छ ।

सोमबार जनकपुरधाममा रास्वपाले सभा आयोजना गर्दै छ । उक्त सभामा सहभागी हुन बालेन जनकपुर पुगेका हुन् ।

रास्वपा केन्द्रीय कमिटिको आयोजनामा हुन लागेको सभा जनकपुरधाम उपमहानगरपालिका–४ तिरहुतिया गाछीमा हुनेछ ।

उक्त सभामा बालेनसहित रास्वपाका सभापति रवि लामिछानेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077