काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनबारे छलफल गर्न बोलाइएको बैठक जारी छ ।
बैठक केहिबेर अघिदेखि सुरु भएको हो ।
निर्वाचन आचारसंहिता लगायतका विषयमा कुरा गर्न निर्वाचन आयोगको टोली पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ । अहिले बालुवाटारमा आयोग र सरकार पक्षबीच छलफल जारी रहेको छ । छलफलमा सबै मन्त्रीहरुको समेत सहभागि रहेका छ ।
आजको बैठकमा आगामी फागुन २१ को निर्वाचनको आचारसंहिता लगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
विभिन्न राजनीतिक दलहरुले निर्वाचनमा उम्मेदवारी मनोनयनको मिति सार्न निवेदन समेत दिएका छन् । माघ ६ गते मंगलबार मनोनयनको मिति तोकिए पनि नेपाली कांग्रेसभित्र देखिएको विवादका कारण केही दिन मिति पर सार्ने तयारी समेत रहेको बताइएको छ ।