Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज रातिदेखि निर्वाचन आचारसंहिता लागू गर्दै आयोग, उम्मेदवारी दर्ता लागि १० हजार धरौटी राख्नुपर्ने

आज रातिदेखि निर्वाचन आचारसंहिता लागू गर्दै आयोग, उम्मेदवारी दर्ता लागि १० हजार धरौटी राख्नुपर्ने

आइतवार , माघ ४, २०८२

काठमाडौं । निर्वाचन आयोगले आजै राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ।

प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको अघिल्लो दिन बसेको आयोगको बैठकले आज रातिदेखिदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।

माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम रहेको छ। आचारसंहिताले प्रचार प्रसार, उम्मेदवारले गर्ने गतिविधि, सरकारले गर्ने नियुक्ति र सञ्चार माध्यमहरूले प्रकाशन गर्ने समाचारहरूको समेत अनुगमन गर्नेछ।

साथै निर्वाचन आयोगले आइतबार सूचना प्रकाशित गर्दै उम्मेदवारी दर्ता गराउन आवश्यक कागजातबारे जानकारी दिएको छ।

उक्त जानकारी अनुसार उम्मेदवारी दर्ता गराउन १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ।

यस्तै महिला, दलित, अल्पसंख्यक समुदाय र आर्थिक रूपमा विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ। आर्थिक रूपले विपन्न व्यक्तिले सम्बन्धित स्थानीय तहबाट सिफारिस ल्याउनुपर्नेछ।

प्रतिनिधि सभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077