काठमाडौं । नेपाल प्रहरीका १० एसएसपीको पदस्थापन तथा काज सरुवा भएको छ । हालै बढुवा भएका एसएसपीहरुलाई शुक्रबारको गृहमन्त्रीस्तरको निर्णयानुसार पदस्थापन गरिएको हो ।
गत २३ पुसमा १० एसपीको एसएसपीमा बढुवा सिफारिस भएको थियो । उजुरीका लागि एक साताको समय सकिएकाले शुक्रबार बढुवा गरेर पदस्थापनको गरिएको हो ।
पदस्थापन हुनेहरूमा रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, श्यामसिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर बिष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा छन्।
एसएसपी बिष्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, कैलाली पदस्थापन भएको छ ।